म्यानमारमा चट्याङबाट ७३ जनाको मृत्यु

आर्थिक वर्ष २०२३/२४ म्यानमारमा चट्याङबाट ७३ जनाको मृत्यु भएकाे छ । म्यानमारको विपद् व्यवस्थापन विभागलाई उद्धृत गर्दै आधिकारिक टेलिभिजन च्यानल एमआरटिभीले मंगलबार आर्थिक वर्ष २०२३/२४ मा म्यानमारमा चट्याङबाट ७३ जनाको मृत्यु भएको जनाएको छ ।

आर्थिक वर्षभरि अप्रिल–मार्चसम्म म्यान्माले देशभर ६७ वटा चट्याङको अनुभव गरेको छ । चट्याङबाट २७ जना घाइते समेत भएका छन् ।

म्यानमारको विपद् व्यवस्थापन विभागले चट्याङबाट हुने मृत्युको संख्या कम गर्न यसको सुरक्षाकाबारेमा चेतना जगाउँदै गरेको प्रतिवेदनमा उल्लेख गरिएको छ ।

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार