नेपाल लाइफको नयाँ बिमा योजना

नेपाल लाइफ इन्स्योरेन्स कम्पनीले नयाँ बिमा योजना सार्वजनिक गरेको छ । कम्पनीले नेपाल लाइफ केटाकेटी सुनौलो भविष्य जीवन बिमा योजना सार्वजनिक गरेको हो ।

कम्पनीका प्रमुख कार्यकारी अधिकृत प्रवीणरमण पराजुलीले उक्त बिमा योजनाको अनावरण गरे । योजनामार्फत आमाबाबुले आफ्नो बच्चाको सुनौलो भविष्य, गुणस्तरीय शिक्षा सुरक्षित छ भनी सुनिश्चित गर्न सक्ने र शैक्षिक खर्चदेखि लिएर बलियो आर्थिक सुरक्षा बिमाले दिने सीईओ पराजुलीको छ ।

‘सुनिश्चित शिक्षा, सुरक्षित भविष्य’ नारासहित सार्वजनिक गरिएको बालबालिकासम्बन्धी सावधिक जीवन बिमामा बीमित बालबालिकाको प्रवेश उमेर १ महिना (३० दिनपछि) देखि १७ वर्षसम्म रहने र प्रस्तावकको प्रवेश उमेर २१ वर्षदेखि ६५ वर्षसम्म रहने कम्पनीले जनाएको छ ।

न्यूनतम बिमाशुल्क भुक्तानी अवधि ५ वर्षदेखि अधिकतम बिमाशुल्क भुक्तानी अवधि २५ वर्षसम्म हुनेछ । योजनाको न्यूनतम बिमांक रकम २५,००० तथा अधिकतम बिमांक रकम आयस्रोतको आधारमा निर्धारण गर्न सकिने कम्पनीले बताएको छ ।

योजनामा बालबालिकाको बिमा प्रारम्भ भएको मितिले २ वर्षपछि वा बच्चाको उमेर पाँच वर्ष पूरा भएपछिको बिमालेखको वार्षिकोत्सव वा जुन अगाडि आउँछ, सोहीदेखि जोखिम प्रारम्भ हुनेछ ।

बिमा अवधिभित्र जुनसुकै समय बालबालिका छँदै प्रस्तावकको मृत्यु भए बाँकी अवधिको बिमाशुल्क मिनाहा गरी बिमालेखलाई निरन्तरता दिइनेछ । योजनामा वार्षिक ३ किस्ता बिमाशुल्क भुक्तानी गर्नुको साथै बिमा प्रारम्भ मितिबाट ३ वर्ष पूरा भएपछि समर्पण मूल्य प्राप्त गर्न सकिनेछ ।

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार