प्रभु बैंकका ग्राहकलाई गणेशमान सिंह मेमोरियल हस्पिटल एण्ड रिर्सच सेन्टरका सेवामा छुट

ललितपुरको महालक्ष्मीस्थानमा रहेको गणेशमान सिंह मेमोरियल हस्पिटल एण्ड रिर्सच सेन्टरका सेवामा प्रभु बैंकका ग्राहकले छूट पाउने भएका छन् । ग्राहकलाई छूट दिने उद्देश्यले दुई संस्थाबीच सम्झौता गरिएको छ ।

सम्झौतामा हस्पिटलका अध्यक्ष दिपक प्रकाश बास्कोट र बैंकका प्रमुख बजार व्यवस्थापन अधिकृत रविन्द्र ढकालले हस्ताक्षर गरेका छन् ।

सम्झौताअनुसार प्रभु बैंकका ग्राहक, कर्मचारी तथा कर्मचारीका पारिवारले गणेशमान सिंह मेमोरियल हस्पिटल एण्ड रिर्सच सेन्टरमा उपचार सेवामा छूट पाउने छन् । अस्पतालका अनुसार अन्तरंग तथा बहिरंग सेवामा ओपिडि टिकटबाहेक रेडियोलोजी, प्याथोलोजी, फार्मेसी, फिजियोथेरापी र दन्त चिकित्सालयलगायत सेवामा छूट पाइनेछ ।

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार