राष्ट्रिय वाणिज्य बैंकको सिइओ बन्न २० जनाको आवेदन, क–कसले दिए ?

काठमाडौं । राष्ट्रिय वाणिज्य बैंकको प्रमुख कार्यकारी अधिकृत (सिइओ) बन्नका लागि डेढ दर्जन बढीको आवेदन परेको छ ।

बैंकले गत बैशाख ७ गतेदेखि सिइओका लागि आवेदन खुला गरेको थियो । बैंकले २१ दिने म्याद राखेर दरखास्त खुलाएको थियो । दरखास्त दिने अन्तिम दिनसम्म २० जनाले आवेदन दिएका हुन् ।

बैंकको सिइओ बन्नका लागि तत्कालिन ग्रान्ड बैंकका रामदेव यादव, एसबीआई बैंकका विष्णु देव यादव, राष्ट्रिय वाणिज्य बैंकका पुर्व नायव महाप्रबन्धक (डीजीएम) नरेश अर्याल, वाणिज्य बैंककै नायव महाप्रबन्धक (डिजिएम) पवन रेग्मी छन् । यस्तै, वाणिज्य बैंककै नायव महाप्रबन्धक (डिजिएम) दुर्गा कुमारी कडेल, वाणिज्य बैंककै डेपुटी सिइओ देवेन्द्र रमण खनाल, कृषि विकास बैंकका नायव महाप्रबन्धक (डीजिएम) दीर्घ बहादुर अर्याल, प्रकाश चन्द्र अधिकारी, शंकर रायमाझी र नेपाल बैंकका पुर्व सिइओ कृष्ण बहादुर अधिकारीले आवेदन दिएका छन् ।

बैंकमा हाल कामू सिइओको रुपमा देवेन्द्र रमण खनालले काम गरिरहेका छन् । उनी नेकपा माओवादी निकटका व्यक्ति मानिन्छन् । आवेदन दिने मध्ये पवन रेग्मी नेपाली काँग्रेस निकटका व्यक्ति हुन् । त्यस्तै, दुर्गा कुमारी कडेल (छत्कुली) नेकपा एमाले निकट मानिन्छ । शंकर रायमाझी नेपाल रि इन्स्योरेन्सका पुर्व सिइओ हुन् ।

आवेदन दिने अन्य सदस्यहरुमा अगम मुखिया, नरेश राज अर्याल, विष्णुदेव अर्याल, विष्णु बाबु मिश्र, प्रकाश चन्द्र अधिकारी, डा.राजाराम उपाध्यय छन् । यसैगरी, गणेशप्रसाद गौतम, शुरेस देवकोटा, शंकर केसी, प्रमोद बाबु तिवारी, सञ्चय कोषका पुर्व प्रशासक तथा सिए कृष्ण प्रसाद आचार्य, झविन्द्र खत्री र माधव प्रसाद रेग्मी रहेका छन् ।

बैंकको सिइओका लागि छनोट समितिले बैशाख ७ गते पहिलो पटक सुचना प्रकाशित गरेको थियो । बैंक पुर्ण रुपमा सरकारी बैंक हो ।

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार