प्रभु बैंकका ग्राहक तथा कर्मचारीहरूले चिरायु नेसनल हस्पिटलमा विशेष छुट पाउने

काठमाडौं। प्रभु बैंक लिमिटेडका ग्राहक तथा कर्मचारीहरूले काठमाडौंको बसुन्धरास्थित चिरायु नेसनल हस्पिटल एण्ड मेडिकल ईष्टिच्युट प्रालिमा छुट पाउने भएका छन्। अस्पतालको सेवा सुविधामा विशेष छुट प्रदान गर्ने गरी बैंकसँग सम्झौता भएको छ। एक समारोहका बीच चिरायु हस्पिटलका निर्देशक संजीव राजभण्डारी र प्रभु बैंकका प्रमुख बजार व्यवस्थापन अधिकृत रविन्द्र ढकालले समझदारी ज्ञापनपत्र (एमओयू)मा हस्ताक्षर गरेका छन्।

छुट सुविधा प्राप्त गर्नका लागि प्रभु बैंकको डेबिट कार्ड, क्रेडिट कार्ड तथा प्रिभलेज कार्डमध्ये कुनै एक चिरायु हस्पिटलमा पेश गर्नुपर्ने बैंकले जानकारी दिएको छ। सम्झौताअनुसार प्रभु बैंकका सम्पूर्ण ग्राहकहरू, कार्ड प्रयोगकर्ताहरू, कर्मचारी तथा कर्मचारीका पारिवारजनले चिरायु हस्पिटलमा उपचार सेवा लिँदा अन्तरङ्ग तथा बहिरङ्ग सेवामा ओपीडी टिकट बाहेक रेडियोलोजी, प्याथोलोजी, फार्मेसी, फिजियोथेरापी लगायतका सेवाहरूमा विशेष छुट प्राप्त गर्न सक्नेछन्। साथै प्रभु बैंकका कर्मचारी तथा ग्राहकहरूले आफ्नो बैकसँगको आबद्धताको प्रमाणको आधारमा पनि यो सुविधा सहजै प्राप्त गर्न सक्ने बताइएको छ।

नेपालको निजी क्षेत्रबाट सञ्चालित चिरायु हस्पिटलले केही दशकदेखि निरन्तर सेवा प्रदान गर्दै आइरहेको छ। हस्पिटलले एकै छानामुनि आकस्मिक उपचारदेखि सघन उपचार उपलब्ध गराउँदै आइरहेको छ। त्यसैगरी, हालसालै ‘बैंक अफ द इयर २०२३’ को उपाधिबाट सम्मानित प्रभु बैंकका नेपालभर ३०२ शाखा कार्यालयहरु, २८५ एटीएमका साथै ७० एक्सटेन्सन काउन्टर रहेका छन्।

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार