आइएमई लाइफले साढे ३४ प्रतिशत लाभांश दिने

आइएमई लाइफ इन्स्योरेन्सले आर्थिक वर्ष २०७९/८० को वितरण योग्य मुनाफाबाट हाल कायम चुक्तापुँजीको ३४.५० प्रतिशत लाभांश दिने घोषणा गरेको छ ।

कम्पनीको वैशाख १९ गते बसेको सञ्चालक समितिको बैठकले चुक्तापुँजीको २५ प्रतिशत बोनस सेयर र कर प्रयोजनसहित ९.५० प्रतिशत नगद लाभांश दिन प्रस्ताव गरेको हो ।यो प्रस्ताव नेपाल बिमा प्राधिकरणबाट स्वीकृत भई कम्पनीको आगामी साधारणसभाबाट पारित भएपछि सेयरधनीले लाभांश पाउनेछन् । 

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार