एभरेष्ट बैंकको वीरगन्ज शाखा र मधेश प्रादेशिक कार्यालय आफ्नै भवनमा

एभरेष्ट बैंकको वीरगञ्ज शाखा आफ्नै भवनमा सञ्चालन भएको छ ।

बैंकले आइतबारदेखि वीरगञ्ज महानगरपालिका वडा नम्बर ४ आदर्शनगरमा नवनिर्मित आफ्नै भवनबाट सेवा सुरु गरेको हो । यसअघि बैंकको शाखा वडा नम्बर १०मा रहेको थियो ।

आइतबार एक कार्यक्रमबीच शाखा स्थानान्तरण तथा शुभारम्भ गरिएको थियो । कार्यक्रममा वीरगञ्ज चेम्बर अफ कमर्शका वरिष्ठ उपाध्यक्ष हरि गौतम, बैंक सञ्चालक समितिका अध्यक्ष डा. बाल गोपाल वैद्यलगायत सो क्षेत्रका उच्चपदस्थ व्यतित्वहरुको उपस्थिति थियो ।

सो कार्यक्रममा बैंकका मधेश प्रदेशका प्रादेशिक प्रबन्धक पुष्पराज उप्रेतीले नवनिर्मित आफ्नै भवनबाट ग्राहकहरुले अझ बृहत् र परिष्कृत बैंकिङ सेवा पाउने बताए । भारतको पञ्जाव नेसनल बैंकसँग साझेदार एभरेष्ट हाल करिब १४ लाख ग्राहक छन् ।

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार