एकीकृत समाजवादीको केन्द्रीय कमिटी बैठक सर्‍यो 

नेकपा (एकीकृत समाजवादी)ले बैठक सारेको छ । स्थायी, पोलिटब्युरो र केन्द्रीय कमिटी बैठकको मिति सरेको हो ।

यसअघि वैशाख २६ गते स्थायी कमिटी, २७ गते पोलिट्ब्युरो र २८, २९ गते केन्द्रीय कमिटी बैठक बस्ने तय भएको थियो ।

प्रचार विभागका अनुसार यही वैशाख २९ गते स्थायी कमिटी, ३० गते पोलिट्ब्युरो बैठक बस्नेछ । वैशाख ३१ र जेठ १ गते केन्द्रीय कमिटी बैठक बस्ने भएको छ ।

एकीकृत समाजवादीले आगामी असार १६ देखि २० गतेसम्म काठमाडौंमा महाधिवेशन गर्दैछ । त्यसको छलफलका लागि बैठक बस्न लागेको हो । आन्तरिक तयारी नपुगेका कारण बैठक सारिएको प्रचार विभागले जनाएको छ ।

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार