सुन तस्करीको छानबिनका लागि उच्चस्तरीय समिति बनाउन सरकार तयार

मस्यौदा तयार पार्न बन्यो कार्यदल

अन्ततः दलहरुबीच सुन तस्करी प्रकरणमा उच्चस्तरीय छानबिन समिति बनाउने दलहरुबीच सहमति भएको छ । प्रधानमन्त्री कार्यालय सिंहदरबारमा सोमबार राति बसेको सर्वदलीय बैठकले सुन प्रकरणमा छानबिन गर्न उच्चस्तरीय समिति गठन गर्ने सहमति गरेको हो ।

उच्चस्तरीय समितिका लागि निर्देशित सर्तहरू तयार पार्न नेपाली कांग्रेसका नेता रमेश लेखक, नेकपा एमाले नेता सुवास नेम्वाङ र माओवादी नेता हितराज पाण्डे रहेको कार्यदल बनाउने सहमति भएको एमालेका प्रमुख सचेतक पदम गिरीले जानकारी दिए ।

उनका अनुसार छानबिन समितिले मंगलबारसम्ममा ड्राफ्ट गर्ने र त्यसका लागि कार्यविधि तयार गर्नेछन् ।

एमालेको माग सम्बोधन गर्नका लागि प्रधानमन्त्री तयार भएसँगै संसद अवरोध हट्ने निश्चितजस्तै छ । उच्च अदालतका न्यायाधीश प्रमुख रहने गरी जाँचबुझ आयोग ऐन २०२६ बमोजिम उक्त आयोग गठन हुने छ । सरकारी वकिल लगायत त्यसका सदस्य रहनेछन् ।

उच्चस्तरीय छानबिनको माग गर्दै एमालेले १० साउनदेखि संसद बैठक अवरुद्ध पार्दै आएको छ । सरकारले भने नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो ९सीआईबी०ले छानबिन गरिरहेकाले अर्को समिति बनाउनु नपर्ने तर्क गर्दै आएको थियो ।

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार