चिनियाँ लगानीमा वार्षिक पाँच हजार थान विद्युतीय गाडी विराटनगरमै बनाइने

चिनियाँ लगानीमा विराटनगरमा विद्युतीय गाडी नेपालमै बनाउने सम्झौता भएको छ ।

कोशी एनके मोटर्स र चिनियाँ कम्पनी सिमेन गोल्ड ड्रागन अटो बडी को लिमिटेडबीच सम्झौता भएको हो । शैक्षिक क्षेत्रमा लगानी गरेका टिकाराम पुरीको कम्पनीले नेपालमा गाडी उत्पादन गर्न चिनियाँहरुसंग समझदारी गरेको छ ।

चिनियाँ कम्पनीले लगानी सम्मेलन अवसर पारेर नेपालको कोसी एनके मोटर्ससँगको सहकार्यमा वार्षिक पाँच हजार थान बढी बिजुली गाडी उत्पादन गर्ने सम्झौता गरेको हो ।

नेपालमा चारपांग्रे गाडी उत्पादन गर्ने बताइएको छ । चीनमा भएको सम्झौतामा पहिलो चरणमा ३ अर्ब रुपैयाँ लगानी गर्ने सम्झौता भएको छ ।

सो अवसरमा कम्पनीले प्लान्टका लागि विराटनगरको बूढीगंगामा १५ बिघा जग्गा लिइसकेको पुरीले जानकारी दिए । कम्पनीले १४, १८ र १२ सिटे क्षमताका कमर्सियल गाडी उत्पादन गर्नेछ । पुरी निजी विद्यालयको छाता संगठनका पूर्वअध्यक्षसमेत हुन् ।

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार