सन्दीपको निलम्बन फुकुवा गर्ने क्यानको निर्णय

नेपाल क्रिकेट संघ (क्यान)ले क्रिकेटर सन्दीप लामिछानेको निलम्बन फुुकुवा गरेको छ । उच्च अदालत पाटनले बलात्कार मुद्दामा सन्दीपलाई सफाइ दिएसँगै बुधबार बसेको क्यानको बैठकले निलम्बन फुकुवा गर्ने निर्णय गरेको हो ।

किशोरी बलात्कारको आरोप लागेपछि क्रिकेट संघले लामिछानेलाई निलम्बन गरेको थियो । अब स्पिनर सन्दीप लामिछानेलाई नेपाल क्रिकेट संघ (क्यान) ले आईसीसी टी–२० विश्वकप २०२४ खेल्न अमेरिका र वेष्टइण्डिज पठाउने भएको छ ।

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार