पेट्रोल र डिजेलको मूल्य घट्यो

नेपाल आयल निगमले पेट्रोल र डिजेलको मूल्य घटाएको छ। निगमले पेट्रोलमा प्रतिलिटर ७ र डिजेलमा ५ रुपैयाँले मूल्य घटाएको हो।

जसअनुसार पेट्रोलको प्रतिलिटर पहिलो वर्गमा १६८.५, दोस्रोमा १७०, तेस्रोमा १७१ रुपैयाँ पुगेको छ। त्यस्तै, डिजेलको प्रतिलिटर पहिलो वर्गमा १५१.५, दोस्रोमा १५३ र तेस्रो वर्गमा १५४ रुपैयाँ पुगेको निगमले जनाएको छ।

घटेको मूल्य आजै रातिदेखि लागू हुने निगमले उल्लेख गरेको छ। इन्डियन आयल कर्पोरेसनबाट मूल्य घटेर आएको निगमले विज्ञप्तिमार्फत जानकारी दिएको छ।

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार