बकैया गाउँपालिकामा आज सार्वजनिक विदा, कारण यस्तो छ

मकवानपुरको बकैया गाउँपालिकाले आज सार्वजनिक विदा दिएको छ ।

बकैया गाउँपालिकामा कार्यरत कर्मचारी भीमसेन बजगाईँको निधनको शोकमा गाउँपालिकाले मंगलबार विदा दिने निर्णय गरेको हो ।

बकैया गाउँपालिका-५ मा गएको शुक्रबार बा २ ख ६९४३ नम्बरको बसले विपरीत दिशाबाट आइरहेको प्रदेश २-०३-०२१ प ६६१४ नम्बरको मोटरसाइकललाई ठक्कर दिँदा बकैया-५ को भडौराका ३५ वर्षीय बजगाईँको मृत्यु भएको थियो ।

दुर्घटनामा गम्भीर घाइते भएका बजगाईँको उपचारको क्रममा हेटौँडाको चुरेहिल अस्पतालमा आइतबार राति मृत्यु भएको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ ।

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार