नक्कली लाइसेन्स प्रकरण: यातायात कार्यालय बुटवलका शाखा अधिकृत पक्राउ

नक्कली लाइसेन्स प्रकरणमा थप एक जना पक्राउ परेका छन् ।

लाइसेन्स प्रकरणमा केन्द्रीय अनुसन्धान ब्युरो (सीआइबी) ले आइतबार यातायात कार्यालय बुटवलका शाखा अधिकृत नारायण पाण्डेलाई पक्राउ गरेको हो ।

उनी पक्राउ परेसँगै नक्कली लाइसेन्स प्रकरणमा पक्राउ पर्नेको संख्या तीन पुगेको छ । यसअघि गत शुक्रबार हाल अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा कार्यरत आईटी इन्जिनियर सुरजप्रकाश अर्याल र यातायात कार्यालय बुटवलमै करार इन्जिनियरको रुपमा कार्यरत हरिश भट्ट पक्राउ गरेका थिए ।

पक्राउ परेकाहरुलाई ५ दिन हिरासतमा राखेर अनुसन्धान गर्न प्रहरीले जिल्ला अदालतबाट अनुमति लिएको छ । आइतबार भट्ट र अर्यालविरुद्ध ५ दिनको म्याद थप भएको हो । सोमबार पक्राउ गरेका पाण्डेलाई भने मंगलबार अदालतमा उपस्थित गराउने प्रहरीको भनाइ छ ।

एक लाखभन्दा बढी नक्कली लाइसेन्स जारी भएको घटनामा अहिले अख्तियार दुरुपयोग अनुसन्धान आयोग र सिआइबीले अनुसन्धान गरिरहेका छ ।

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार