रफाहमा इजरायली हवाई आक्रमण, २० जनाको मृत्यु

दक्षिणी गाजापट्टी सहर रफाहमा तीनवटा आवासीय भवनमा इजरायली हवाई आक्रमण हुँदा मृत्यु हुनेको संख्या २० पुगेको छ । मृत्यु हुनेमा सबै प्यालेस्टाइनी नागरिक छन् ।

मृत्यु हुनेमा बालबालिका र महिला धेरै छन् । अन्य केही व्यक्ति भग्नावशेषमा फसेको बताइएको छ ।

हमासका नेताहरू र इजिप्टका मध्यस्थकर्ताहरूबीच कायरोमा हुने नयाँ चरणको युद्धविराम वार्ताको ठिक अगाडि आक्रमण भएको हो । गाजामा युद्धविरामको सम्बन्धमा आन्दोलनको प्रतिक्रिया दिन र इजरायलसँग बन्दी हस्तान्तरण सम्झौताका लागि वार्ता गर्न हमासको प्रतिनिधिमण्डल सोमबार कायरो गएको थियो ।

इजरायली सेनाको आक्रमणमा पछिल्लो २४ घण्टामा ६६ प्यालेस्टाइनी नागरिक मारिएका छन् । १३८ जना घाइते भएका छन् ।

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार