तीन जिल्लाका सीडीओ फेरिए

गृह मन्त्रालयले तीन जिल्लाका प्रमुख जिल्ला अधिकारी (सीडीओ) फेरबदल गरेको छ। उपप्रधान एवं गृहमन्त्रीस्तरिय बैठकबाट बाँके, बाग्लुङ र पर्वतका सीडीओ परिवर्तन गरिएको हो।

गृह मन्त्रालय अन्तर्गत कार्यरत दुई सहसचिव केदारनाथ शर्मा र नेत्र प्रसाद सुवेदीलाई प्रमुख जिल्ला अधिकारीमा पदस्थापन गरिएको हो। शर्मालाई पर्वत र सुवेदीलाई बाग्लुङमा पदस्थापन गरिएको गृह मन्त्रालयले जनाएको छ।

त्यस्तै, बाग्लुङमा कार्यरत सीडीओ खगेन्द्र प्रसाद रिजाललाई बाँके सरुवा गरिएको छ।

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार