इरानमा एक किशोरीलाई सुरक्षाकर्मीले हतकडीमै बलात्कार गरेर मारेको खुलासा

एक इरानी किशोरीलाई इरानको सुरक्षा बलमा काम गर्ने तीन जना पुरुषले यौन उत्पीडनपछि हत्या गरेको खुलासा भएको छ ।

यो रहस्य सुरक्षा बलले लेखेको विश्वास गरिएको एउटा ‘लिक’ कागजातबाट खुलेको दाबी बीबीसीले गरेको छ ।

घटनाअनुसार २०२२ मा इरानमा भएको एक प्रदर्शनको क्रममा १६ वर्षकी किशोरी निका शकरमानी अचानक गायब भएकी थिइन् । उनलाई के भयो भन्ने कसैलाई थाहा थिएन । उनको शव नौ दिनपछि फेला परेको थियो ।

इरान सरकारले त्यतिबेला किशोरीले आत्महत्या गरेको दाबी गरेको थियो । यी विषयमा इरानी सरकार र रिभोल्युसनरी गार्डसमक्ष प्रस्तुत गर्दा कुनै प्रतिक्रिया आएन ।

यो प्रतिवेदनलाई ‘अत्यधिक गोप्य’ भनी चिह्न लगाइएको छ । यो रिपोर्ट सुरक्षा बल इस्लामिक रिभोल्युसनरी गार्ड कोर (आईआरजीसी) द्वारा निकाको मुद्दामा गरिएको सुनुवाइको सारांश हो । यसमा उनका हत्यारा र सत्य लुकाउन खोज्ने वरिष्ठ कमान्डरहरूका नाम छन् ।

निकालाई एक गोप्य भ्यानमा राखेर लगिएको थियो । त्यसपछि एक व्यक्तिले उनीमाथि यौन शोषण गरेका थिए । हातमा हतकडी भए पनि निकाले त्यसको विरोध गरिन् । हात खुट्टा चलाएर उनले आफ्नो प्रतिरक्षाको प्रयास गरिन् । तर  उनलाई लाठीले हिर्काइयो । महिनौं लगाएर यसको अनुसन्धान गर्दा निका बारेमा के भएको भन्ने खुलासा भएको बीबीसीले जनाएको छ । 

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार