प्रधानमन्त्री प्रचण्ड र नवनियुक्त आईजीपी कुँवरबीच भेटवार्ता

काठमाडौं । नेपाल प्रहरीका महानिरीक्षक धिरजप्रताप सिंहले बसन्त कुँवरलाई लिएर सिंहदबार पुगेका छन् । सरकारले कुँवरलाई आईजीपीमा नियुक्त गरेलगत्तै लिएर प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड भेट्न सिंहदबार पुगेका हुन् ।

कुँवरलाई सरकारले आजै आईजीपीमा नियुक्त गरेको थियो ।दुई दिनअघि मात्र एआईजीको फुली लगाएका ५ जनामध्येबाट वरियताको पहिलो नम्बरमा रहेका कुँवरलाई सरकारले आईजिपी बनाएको हो ।

वर्तमान आईजिपी सिंहले ३० वर्षे सेवा अवधिका कारण शुक्रबार राती १२ बजेदेखि अनिवार्य अवकाश पाउँदैछन् ।

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार