संविधानविद् र राजनीतिक दलका नेतासँग परामर्शमा सभामुख सापकोटा

प्रतिनिधिसभा विघटनको विषयमा सभामुख अग्निप्रसाद सापकोटा विभिन्न संविधानविद् र राजनीतिक नेतृत्वसँग छलफलमा रहेका छन् । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभा विघटन गरी मन्त्रिपरिषद्को सिफारिसमा नयाँ निर्वाचन घोषणा गरेको विषयमा प्रतिनिधिसभाका सभामुख सापकोटा छलफलमा जुटेका हुन् ।

शनिबार बिहानैदेखि सभामुख राजनीतिक दलका नेतृत्वसँग र संविधान तथा कानुनका जानकारहरूसँग छलफलमा रहेको सभामुखका प्रेस सल्लाहकार श्रीधर न्यौपानेले जानकारी दिए । ‘विकसित राजनीतिक घटनाक्रम र निकासबारे सभामुख ज्यु सरोकारवालाहरुसँग सघन छलफलमा जुट्नुभएको छ,’ सापकोटाले भने, ‘छलफलपछि सायद उहाँको धारणा पनि आजै सार्वजनिक हुनेछ ।’ यसअघि गत पुस ५ गते पनि संसद विघटन गर्दा सभामुख सापकोटाले विरोध जनाएका थिए ।

अल्पमतमा रहेका प्रधानमन्त्री केपी शर्मा ओलीको सिफारिसमा गएराति राष्ट्रपति विद्यादेवी भण्डारीले संसद विघटनको घोषणा गरेकी थिइन् । जसको चौतर्फी आलोचना भइरहेको छ ।

 

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार