इलाममा एमालेको विजय सभाबाट फर्केको पिकअप दुर्घटना हुँदा १९ जना घाइते, तीनको अवस्था गम्भिर

इलाम बजारमा नेकपा एमालेको विजय सभामा सहभागी भएर फर्किंदै गरेको पिकअप गाडी दुर्घटना हुँदा १९ जना घाइते भएका छन् । जसमध्ये तीन जना गम्भीर घाइते भएको प्रहरीले जनाएको छ ।

को २ च ४४७ नम्बरको पिकअप गाडी इलाम नगरपालिका ५, बिब्ल्याँँटे बजार नजिक दुर्घटनामा परेको हो । गम्भीर घाइते तीन जनालाई उपचारको लागि झापा अस्पताल रेफर गरिएको छ भने सामान्य घाइतेको इलाम अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ ।

गाडी चालक इलाम नगरपालिका ५ का ३१ वर्षे राजन खत्रीलाई नियन्त्रणमा लिएर सोधपुछ गरिरहेको प्रहरीले जनाएको छ ।

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार