काठमाडौँको धुम्बाराहीमा मोटरसाइकल र स्कुटर एकापसमा ठोक्किँदा २८ वर्षीय कार्कीको मृत्यु

काठमाडौँको धुम्बाराहीमा मोटरसाइकल र स्कुटर एकापसमा ठोक्किँदा एक युवकको मृत्यु भएको छ ।

प्रहरीका अनुसार काठमाडौँ महानगरपालिका–४, धुम्बराही चोकमा सोमबार राति बा प्र ०२–०३१ प ५०२२ नम्बरको मोटरसाइकल र बा ७५ प १६५२ नम्बरको स्कुटर एकापसमा ठोक्किएका हुन् ।

दुर्घटनामा स्कुटर चालक काठमाडौँ बूढानीलकण्ठ नगरपालिका–१२ कपन बस्ने २८ वर्षीय अन्नत कार्कीको मृत्यु भएको हो । दुर्घटनामा गम्भीर घाइते भएका उनको उपचारका क्रममा चाबहिलस्थित ओम अस्पतालमा मृत्यु भएको प्रहरीले जनाएको छ ।

घाइते भएका मोटरसाइकल चालकको भने ह्याम्स अस्पतालमा उपचार भइरहेको छ ।

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार