पकडी कपिलवस्तुमा एभरेस्ट बैंकको चौथो एक्स्टेन्सन काउन्टर

एभरेष्ट बैंक लिमिटेडले मायादेवी गाउँपालिका वडा नं. १, पकडी कपिलवस्तुमा चौथो एक्स्टेन्सन काउन्टर उद्घाटन गरेको छ ।

बैंकले तौलिहवा शाखा कार्यालयको मातहत रहने गरी चौथो एक्स्टेन्सन काउन्टर स्थापना गरेको हो ।

उक्त एक्स्टेन्सन काउन्टरको उद्घाटन लुम्बिनी प्रदेशको क्षेत्र नं. १ (ख) का प्रदेश सभा सदस्य मधुसुदन सरन चौधरी र बैंकका लुम्बिनी प्रदेशका प्रादेशिक प्रबन्धक लब प्रसाद कुइँकेलले संयुक्त रुपमा गरे ।

सर्वसाधारणहरुले उक्त एक्स्टेन्सन काउन्टरबाट सुरुवाती ३ महिनाको लागि निम्नानुसारको शुभारम्भ अफरहरु पाउने बैंकले जनाएको छ ।

साधारण बचत खाता (न्यूनतम मौज्दात) रु. १००
चल्ती खाता (न्युनतम मौज्दात) रु. २,५००
तलबी बचत खाता – शुन्य मौज्दात
नारी बचत खाता – रु. १,२५०
डेबिट कार्ड, एसएमएस अलर्ट सेवा, मोबाईब बैंकिङ्ग सेवा – पहिलो पटक निःशुल्क

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार