प्रभु साह नेतृत्वको आम जनता पार्टीले यही वैशाख २० गते भन्सार विभाग घेर्ने भएको छ । आजपाको काठमाडौं उपत्यका विशेष कमिटीको बैठकले वैशाख २० गते भन्सार विभाग घेराऊ गर्ने निर्णय गरेको हो ।
भन्सार कानुनमा रहेको ४५५ कथित पुरस्कारको लूटकारी प्रावधान हटाउन तथा भन्सार नियन्त्रणको नाममा तराई क्षेत्रको जनताको निजी सम्पति लुट्ने काम बन्द गर्न जस्ता विषयमा निर्णायक आन्दोलन गर्ने निर्णयसहित बैठकले संगठन बिस्तारको समेत कार्ययोजना निर्माण गरेको अध्यक्ष प्रभु साहले जानकारी दिए ।
आजपाले विगत लामो समयदेखि भन्सारको लुटकारी प्रावधान खारेजीको माग राखेर आन्दोलन गर्दै आएको छ । तर, राज्यले आफूहरुको माग सुनुवाई नगरेको भन्दै अब निर्णायक संघर्ष गर्न लागिएको आजपाकी पार्टी कार्यालय सचिव रञ्जु साहले जनाइन् ।