तरुण दलले माग्यो राष्ट्रपति भण्डारीको राजीनामा

काठमाडौँ । नेपाल तरूण दलले राष्ट्रपति विद्यादेवी भण्डारीको राजीनामा मागेको छ । राष्ट्रपति भण्डारीले आइतबार नागरिकता विधेयक प्रतिनिधिसभामा फिर्ता पठाएको भन्दै तरूण दलले राजीनामा मागेको छ ।

तरुण दलका अध्यक्ष विद्वान गुरूङले सीमित राजनीतिक पार्टीको चौघेरामा बसेर पदको मर्यादामा नरहने राष्ट्रपतिले नैतिकताको उच्च उदाहरण बनेर राजीनामा दिनु उचित हुने भन्दै राजीनामा नदिएमा महाअभियोगबाट पदच्यूत गर्न आग्रह गरेका छन् ।

 

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार

You cannot copy content of this page