राजस्व अनुसन्धान विभागको महानिर्देशकमा चक्रबहादुर बुढा

राजस्व अनुसन्धान विभागको महानिर्देशक चक्रबहादुर बुढालाई बनाइएको छ । यसअघि विभागको महानिर्देशक नवराज ढुंगाना थिए ।

विभागले कोटिभीटी कम्पनीको राजस्व चुवहाट सम्बन्धमा उच्च अदालत पाटनमा मुद्दा दायर गरेपछि ढुंगाना विवादित भएका थिए ।

यसैबीच उनको स्थानमा बुढालाई महानिर्देशक बनाइएको हो । राजस्व अनुसन्धान विभाग प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमातहतको निकाय हो ।

यसअघि संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय मातहतको पर्यटन विभागमा कार्यरत महानिर्देशक चक्रबहादुर बुढालाई यही वैशाख १४ गते प्रधानमन्त्री कार्यालयमा भित्र्याइएको थियो ।

अहिले उनलाई राजस्व अनुसन्धान विभागको महानिर्देशक बनाएर ढुंगानालाई चाहिँ प्रधानमन्त्रीको कार्यालय पठाइएको हो ।

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार