काठमाडौं आइपुगिन् जापानकी विदेशमन्त्री

जापानकी विदेशमन्त्री खामिखावा योको काठमाडौं आइपुगेकी छन् ।

एक दिने भ्रमणको क्रममा केहीबेरअघि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा ओर्लिएकी उनले आज राष्ट्रपति, प्रधानमन्त्री र समकक्षी नारायणकाजी श्रेष्ठसँग भेटवार्ता गर्नेछिन् । उनी आजै टोकियो फर्किने कार्यक्रम छ ।

उनी श्रीलंकाको दुई दिने भ्रमण सकेर नेपाल आएकी हुन् । उनलाई परराष्ट्र मन्त्रालयकी सचिव सेवा लम्सालले स्वागत गरिन् । उनी वैशाख १४ मा नै विदेश भ्रमणमा निस्किसकेकी छिन् ।

वैशाख १४-२४ सम्म माडागास्कर, आइभोरी कोस्ट, नाइजेरिया, फ्रान्स, श्रीलंका र नेपालको भ्रमण गर्ने जापानी विदेश मन्त्रालयले घोषणा गरेको थियो ।

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार