ओलीको निर्देशन- सुदूरपश्चिममा विश्वासको मतका लागि हतार नगर्नू

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले सुदूरपश्चिमका मुख्यमन्त्री दीर्घ सोडारीलाई विश्वासको मत दिनका लागि हतार नगर्न आफ्न नेताहरूलाई निर्देशन दिएका छन् ।

शनिबार राति अबेर सूदुरपश्चिम एमाले संसदीय दलका नेता राजेन्द्र रावल सहितका नेताहरूसँगको भेटमा एमाले अध्यक्ष ओलीले यस्तो निर्देशन दिएका हुन् ।

पछिल्लो समय सत्ता गठबन्धनका दलहरू नेकपा एमाले र नेकपा एकीकृत समाजवादीबीच तिक्तता बढिरहेको पृष्ठभूमिमा सुदूरपश्चिमको राजनीतिक घटनाक्रमबारे छलफल गर्न एमाले सुदूपश्चिमका नेताहरू काठमाडौं आएका थिए ।

अध्यक्ष ओलीको निवास बालकोटमा दुई घण्टा बढि भएको छलफलमा यस्तो विश्वासको मत लिनका लागि अझै समय भएको बताएको संसदीय दलका नेता रावलले जानकारी दिए ।

‘अध्यक्ष कमरेडसँग उहाँकै निवास बालकोटमा करिब साढे २ घण्टासम्म कुराकानी भयो,’ रावलले भने, ‘मुख्यमन्त्रीलाई विश्वासको मत दिने सन्दर्भमा हतार नगर्नुहोस् भन्नुभयो । समय बाँकी हुँदै मुख्यमन्त्रीले किन हतार गर्नुभएको छ रु भनेर चासो राख्नुभएको थियाव ।’

रावलले बझाङ उपनिर्वाचनबाट निर्वाचित दमनबहादुर भण्डारीले बुवाको किरियाकर्म सकेर शपथ ग्रहण गरेपछि विश्वासका सम्बन्धमा निर्णय लिइने उल्लेख गरे ।

सोडारी वैशाख ६ गते एमालेका नयाँ निर्वाचित प्रदेशसभा सदस्यबाहेक १०, माओवादीका १०, नागरिक उन्मुक्ति पार्टीका ७, एकीकृत समाजवादीका ४ र एक जना स्वतन्त्र सांसदका समर्थनमा मुख्यमन्त्री बनेका थिए ।

एमाले मात्रै होइन सुदूरपश्चिम मुख्यमन्त्रीलाई विश्वासको मत दिनेबारे नागरिक उन्मुक्तिमा पनि दुई धार छ । मुख्यमन्त्रीले एक महिना भित्र विश्वासको मत लिनुपर्ने व्यवस्था अनुसार सोडारीले जेठ ५ गतेसम्म विश्वासको मत लिनुपर्छ ।

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार