रिवाज र सुशिक्षाको अभिनय रहेको गीत ‘साईलीको सम्झना’ सार्वजनिक (भिडियोसहित)

गायक श्रेय अगस्तीको स्वर रहेको नयाँ गीत ‘साईलीको सम्झना’ सार्वजनिक भएको छ । स्वर्गिय गोकर्ण प्रसाद ढुंगेलका शब्द र संकेत अगस्तीको संगीत रहेको गीतमा पुरुषोत्तम न्यौपानेको एरेन्ज रहेको छ । यो गीतको भिडियोमा प्रेमी जोडीको रुपमा रिवाज गौतम र सुशिक्षा पराजुलीले अभिनय गरेका छन् ।
बिगत लामो समयदेखि सांगीतिक क्षेत्रमा योगदान दिदैँ आएका रिवाजले यसअघि विभिन्न म्युजिक भिडियोमा कोरियोग्राफी गरिसकेका छन् । यस्तै सञ्चारजगत समेत बिभिन्न जिम्मेवारी सम्हालेका रिवाजले यसअघि धेरै गीतहरु निर्देशन र अभिनय गरेका छन् । गितको निर्माता सुनिता ढुंगेल हुन भने भिडियोको कन्सेप्ट श्रेय अगस्ती र साक्षीको हो ।
संकेत अगस्तीको निर्देशन, सुमन मगरको छायाँंकन रहेको भिडियोमा अनिल कुमार महर्जनको सम्पादन छ । साजन सिंहको मिक्सिङ तथा मास्टरिङ रहेको युटुब च्यानलबाट सार्वजनिक गरिएको हो ।

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार