‘पुजार सार्की’ को ट्रेलर सार्वजनिक

आगामी जेठ १० गते रिलिज हुने ‘पुजार सार्की’ को ट्रेलर सार्वजनिक गरिएको छ । काठमाडौंमा एक कार्यक्रमबीच फिल्मको ४ मिनेट लामो ट्रेलर सार्वजनिक गरिएको हो ।

ट्रेलरमा जातीय विभेदले समाजका हरेक तह र तप्काका मानिसहरूलाई पारेको व्यक्तिगत, मानसिक र सामाजिक असरलाई उतारिएको छ । मुख्य कलाकार आर्यन सिग्देलको अन्जना बराइली र प्रदीप खड्काको परिक्षा लिम्बुसँगको अन्तरजातिय प्रेमसम्बन्ध र त्यसले निम्त्याएको जटिल परिस्थिति ट्रेलरमा देख्न सकिन्छ ।

ट्रेलरमा अभिनेता पल शाहलाई समाज परिवर्तन गर्न अग्रसर युवाको भूमिकामा प्रस्तुत गरिएको छ । विकास सुवेदीको लेखन रहेको फिल्मका निर्माता सुवास भुसाल हुन् । पहिलोपटक आर्यन, प्रदीप र पल एकसाथ देखिँदै छन् ।

फिल्ममा मोहन निरौला, लोकेन्द्र लेखक, सुवास गजुरेल, विद्या कार्की, तारा शर्मा, शंकर आचार्य, प्रेम सुब्बा, गोविन्द रमण पराजुली लगायतको पनि अभिनय छ । यो फिल्म आगामी जेठ १० गतेबाट रिलिज हुँदै छ ।

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार