कोरोनाका कारण राप्रपाको महाधिवेशन स्थगित

नेपालमा कोरोना भाइरसको दोस्रो लहरको महामारी अत्यन्त भयावह बन्दै गएको भन्दै राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले आफ्नो महाधिवेशन अनिश्चितकालका लागि स्थगित गर्ने निर्णय गरेको छ । राप्रपा अध्यक्षत्रय थापा, पशुपतिशमशेर जबरा र डा. प्रकाशचन्द्र लोहनीको आज बसेको बैठकले यस्तो निर्णय गरेको हो ।

कोरोना महामारी बढ्दै गएकाले महाधिवेशन स्थगित गर्नुपरेको नेता मोहन श्रेष्ठले बताए । राप्रपाको महाधिवेशन यसअघि पनि स्थगित भएको थियो । वैशाख अन्तिम साता तोकिएको महाधिवेशन तयारी नपुगेको भन्दै २२–२५ जेठमा गर्ने तय भएपनि कोरोनाका कारण स्थगित गरिएको छ । महाधिवेशनको नयाँ मिति पनि उपयुक्त समयमा घोषणा गरिने जनाइएको छ ।

आफू सुरक्षित रहँदै कोरोना रोकथाममा परिचालित हुन राप्रपाले पार्टी पंक्तिलाई निर्देशन पनि दिएको छ । यसका साथै महामारी नियन्त्रण एवम् रोकथाममा सरकारको व्यवस्थापन कमजोर बनेकोमा चिन्ता व्यक्त गरेको छ ।

 

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार