पल-गायिका प्रकरण : पीडितले फेरिन् बयान

बलात्कार अभियोगमा थुनामा रहेका अभिनेता पल शाह प्रकरणमा पीडित भनिएकी नाबालिग गायिकाले बयान फेरेकी छन्। आज जिल्ला अदालत तनहुँमा बकपत्र दिने क्रममा उनले जाहेरीमा उनले उल्लेखित विवरणहरू सत्य नभएको बताएकी हुन् ।

पीडितको तर्फबाट मुद्दा लडिरहेका एक कानून व्यवसायीका अनुसार आफूले अरूको उक्साहटमा परेर जाहेरी दिन पुगेको दाबी गरेकी छन् । जाहेरीकर्ताका बुवाको भने बकपत्र लिन बाँकी छ । स्रोतका अनुसार उनले आफूलाई पलबाट बलात्कार नभएको बताउँदै प्रभाव र दबाबमा परेर त्यस्तो आरोप लगाएको अदालतसमक्ष बताएकी छन्।

जिल्ला अदालत तनहुँ र नवलपुर दुवैको आदेशले पुर्पक्षका लागि थुनामा गएका नाबालिगले ‘होस्टाइल’ हुँदै बयान फेरेकी हुन्। पललाई गत चैत २३ गते जिल्ला अदालत नवलपुरले पनि पुर्पक्षका लागि थुनामा पठाउन आदेश दिएको थियो।

अर्को मुद्दामा पनि पल शाहलाई थुनामा राख्ने आदेश

पल शाहिवरुद्ध नवलपुरमा थुनछेक बहस शुरु

किन लगियो थुनामा रहेका नायक पल शाहलाई नवलपुर ?

पल-गायिका प्रकरण : थुनामा राख्‍ने आदेशविरुद्ध शाहले गरे उच्च अदालतमा रिट दायर

कसरी बित्दैछ पल शाहको तनहुँ कारागारमा दिनचर्या ?

पल शाहलाई थुनामा पठाउने आदेशमा के छ ? (पूर्णपाठ)

पल शाहलाई थुनामा पठाउन अदालतको आदेश

 

 

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार