अर्को मुद्दामा पनि पल शाहलाई थुनामा राख्ने आदेश

पूर्वीनवलपरासी जिल्ला अदालतले किशोरी बलात्कार अभियोग लागेका पल शाहलाई पुर्पक्षका लागि थुनामा राख्ने आदेश दिएको छ ।

अदालतले मुद्दाको किनारा नलागेसम्म थुनामा राखेर अनुसन्धान गर्ने आदेश दिएको हो । पूर्वीनवलपरासी जिल्ला अदालतका न्यायाधीश अर्जुन अधिकारीको इजलासले बुधबार शाहलाई तनहुँमै थुनामा राख्न आदेश दिएको छ ।

पूर्वीनवलपरासी जिल्ला अदालतको आदेशले शाहलाई बुधबार नै तनहुँ पठाइएको छ ।

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार