पल शाहलाई थुनामा पठाउन अदालतको आदेश

म्यानेजर जोशी एक लाख धरौटीमा छुटे

काठमाडौं । नाबालिका गायिकालाई जबरजस्तीकरणी गरेको आरोपमा पक्राउ परेको अभिनेता पूर्णविक्रम शाह (पल शाह) लाई पुर्पक्षका लागि थुनामा पठाउन आदेश गरिएको छ । तनहुँ जिल्ला अदालतका न्यायाधीश हरिषचन्द्र ढुंगानाको एकल इजलासले थुनछेक बहसपछि विहीबार शाहलाई मुद्दा पुर्पक्षका लागि थुनामा पठाउने आदेश दिएको हो ।

तनहुँ जिल्ला अदालतका एक नम्बर न्यायाधीश हरिषचन्द्र ढुंगानाको इजलासमा थुनछेक बहस भएको हो । एक नाबालिग गायिकाले दिएको जाहेरीका आधारमा जिल्ला सरकारी वकिल कार्यालयले शाहविरुद्ध १४ वर्ष कैद सजाय माग गर्दै अदालतमा अभियोग पत्र दर्ता गरेको थियो ।

शाहका म्यानेजर कृष्णप्रसाद जोशी पनि मतियारको रूपमा संलग्न भई दोषी किटान भएका छन् । जोशीलाई एक लाख धरौटीमा साधारण तारेखमा रिहा गरिएको छ । शाह र जोशीको पक्षबाट ११ जना र जाहेरवालाको तर्फबाट ७ जना कानुन व्यवसायीले बहस गरेका थिए ।

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार