‘राजबन्दी’ का रूपमा भुटानी जेलमा रहेका पाँच नेपालीभाषीसहित ६ जना रिहा

भूटानको केन्द्रीय जेल ‘चेम्गाङ’मा राखिएका भुटानी मानव अधिकारकर्मीसहित ६ जना रिहा भएका छन् । भुटान सरकारले राजनीतिक बन्दीका रूपमा २४ वर्षदेखि थुनामा राखिएका ड्रुक नेसनल कंग्रेसका नेता छेवाङ रिन्जिन र भुटानमा सन् २००८ मा लोकतन्त्र बहाली भएपछि पक्राउ गरिएका ५ नेपालीभाषीलाई रिहा गरेको हो ।

चेम्गाङ जेलमा रहेका ३१ राजनीतिक बन्दीमध्ये यसपटक छेवाङसहित खर्कबहादुर मोंगर, बलराम चाम्लिङ, नइन्द्रप्रसाद खुलाल (खरेल), घनश्याम गुरुङ र रामबहादुर खुलाललाई भुटान सरकारले रिहा गरेको हो ।

रिहा भएकामध्ये खर्कबहादुर २००८ फेब्रुअरी ९ मा सर्वाङ जिल्लाबाट पक्राउ परेका थिए । घनश्याम त्यही वर्ष फेब्रुअरी २, नइन्द्र फेब्रुअरी ४, रामबहादुर फेब्रुअरी ९ र बलराम फेब्रुअरी १० मा भुटानभित्रै समातिएका थिए ।

भूटानका जेलहरुमा ३० वर्षयता थुप्रै नेपालीभाषी थुनिएका छन् । ३० जनाभन्दा बढी ‘राजबन्दी’ त चेम्गाङ जेलमा मात्रै छन् । राजबन्दीकै हैसियतमा उनीहरु वर्षौवर्ष जेल सजाय बेहोरिरहेका छन् ।

सन् ९० दशकको शुरुआतमै अनेक झुट्टा मुद्दा र आरोप लगाएर दक्षिणी भूटानमा नेपालीभाषीमाथि भूटान सरकारले ज्यादती शुरु गरेको थियो । त्यसपछि सन् १९९० को सुरुवातमै ‘राजनीतिक गतिविधिमा लागेको भन्दै’ भूटान सरकारले लाखौँलाई राजबन्दीकै हैसियत जेलमा राखेको छ ।

भूटानमा बर्षौदेखि थुनिएका छन् राजबन्दी

ह्याप्पि इन्डेक्सको ‘भूटान भ्रम’

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार