मलेसियामा सुतेकै ठाउँमा आगलागी हुँदा ३२ वर्षीय नेपाली युवकको मृत्यु

मलेसियामा सुतेकै ठाउँमा आगलागी हुँदा बैतडीका एक युवकको मृत्यु भएको छ। बैतडीको मेलौली नगरपालिका-१ का ३२ वर्षीय दिपकसिंह नायकको मलेसियामा भएको आगलागीमा परेर मृत्यु भएको उनको पारिवारिक स्रोतले जनाएको छ।

नायक सुतिरहेको कोठामा विद्युतको तार सर्ट भई आगलागी भएको थियो। उक्त आगलागीमा परेर नायकको मृत्यु भएको स्थानीय प्रहरीले जानकारी दिए।

नायक रोजगारीको सिलसिलामा विगत ९ वर्षदेखि मलेसियामा थिए। नायकको शव नेपाल ल्याउन पहल भइरहेको आफन्तले बताएका छन्।

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार