सडक दुर्घटनामा परी बेल्जियममा पर्वतका मगरको मृत्यु

बेल्जियमको मोल सहरबाट आन्त्वर्पेन जाने क्रममा भएको एक सडक दुर्घटनामा नेपालीको मृत्यु भएको छ। पर्वतको जलजला घर भएका वीर फगामी मगरले चलाइरहेको भ्यानमा ट्रकले ठक्कर दिँदा उनको घटनास्थलमै मृत्यु भएको हो।

जापानी खानाको व्यवसाय गर्दै आएका फगामी आफ्ना रेस्टुराँहरूमा काम गर्ने कर्मचारी लिन भ्यान लिएर आन्त्वर्पेन जाँदै थिए। प्रहरीका अनुसार, गत बिहीबार दिउँसो १ बजेतिर फगामीको भ्यान ठूलो ट्रकको पछाडि थियो। पछाडिबाट आएको अर्को ट्रकले उनको भ्यानमा ठक्कर दिएको थियो।

उनका श्रीमती, एक छोरी र दुई छोरा छन्।

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार