काठमाडौंको थलीमा मृत भेटिएका व्यक्तिकी छोरी प्रहरीको नियन्त्रणमा

काठमाडौं–कागेश्वरी मनोहरा नगरपालिका–५ थलीमा मंगलबार बिहान मृत फेला परेका पुरुषकी छोरीलाई प्रहरीले नियन्त्रणमा लिएको छ । मृत भेटिएका भक्तपुर नगरपालिका–७ छालिङ घर भएका ५२ वर्षीय कृष्ण नगरकोटीकी छोरीलाई प्रहरीले बबरमहलबाट नियन्त्रणमा लिएको हो ।

यसअघि नगरकोटीका छोरा भने काठमाडौंको फर्पिङमा घाइते अवस्थामा भेटिएका थिए । उनलाई नियन्त्रणमा लिएर प्रहरीले टेकुमा ल्याएको छ ।

मंगलबार बिहान थलीको उकालोमा शव देखेपछि स्थानीयले प्रहरीलाई खबर गरेका थिए। उनको शव मुलपानीबाट थलीतर्फ जाने सडकको बायाँतर्फको निर्माणाधीन पर्खालमा भेटिएको थियो।

प्रहरी पुग्दा कालो कपडाले मुख छोपेको र रगत बगिरहेको देखिएको थियो । घटनास्थलमा ब्लेडसमेत भेटिएको थियो । कृष्ण ट्याक्सी चालक भएको खुलेको छ । प्रहरीले शवको मुचुल्का उठाएर अनुसन्धान अघि बढाएको छ।

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार