भारतको उत्तराखण्डमा डढेलो, बझाङका दुई युवकको मृत्यु

भारतको उत्तराखण्डमा डढेलोमा परेर दुई जना नेपाली जनाको मृत्यु भएको छ ।

डढेलोमा जलेर मृत्यु हुनेमा बझाङको छबिसपाथिभेरा गाउँपालिका–६ का करिब ३० वर्षीया ज्ञानु चलाउने र त्यही गाउँपालिकाका ३० वर्षीय दीपक पुजाराको मृत्यु भएको हो ।

उत्तराखण्डको पात्ली बगरस्थित जंगलमा सल्किएको डढेलोमा परेर उनीहरूको मृत्यु भएको हो ।

उनीहरू त्यहाँ खोटो निकाल्ने मजदुरी गर्दै आएका थिए । मजदुरी गरेर परिवार पालिरहेका उनीहरूको निधनपछि अन्य सदस्यलाई समस्या भएको छ ।

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार