प्रधानमन्त्रीको सम्पत्ति: भरतपुरमा १५ कट्ठाको घर–घडेरी, २५ लाख मौज्दात

काठमाडौं । सरकारले प्रधानमन्त्रीसहित मन्त्रिपरिषद्का सबै सदस्यहरुको सम्पत्ति विवरण सार्वजनिक गरेको छ । बिहीबारको मन्त्रिपरिषद बैठकले प्रधानमन्त्रीसहित मन्त्रिपरिषद्का सबै सदस्यहरुको सम्पत्ति विवरण सार्वजनिक गर्ने निर्णय गरेको थियो ।

सरकारले सार्वजनिक गरेको सम्पत्ति विवरण अनुसार प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डसँग एउटा घर, १५ कठ्ठा जमिन, २५ लाख नगद र ५ तोला सुन रहेको उल्लेख छ ।

उहाँसँग प्रतिनिधि सभा सदस्यको हैसियतमा पाएको २५ लाख रुपैयाँ एभरेस्ट बैंक लिमिटेडमा रहेको प्रधानमन्त्री दाहालले सार्वजनिक गरेको सम्पत्ति विवरणमा उल्लेख छ । यस्तै उनीसँग पैतृक सम्पत्तिका रुपमा ५ तोला सुन रहेको विवरणमा उल्लेख छ ।

प्रधानमन्त्री दाहालकी श्रीमती सीता दाहालको नाममा चितवनको भरतपुरमा एउटा पार्किङ भएको घरसहित १५ कट्ठा जमिन पैतृत सम्पत्ति रहेको जनाइएको छ । प्रधानमन्त्री प्रचण्डले आफूसँग कुनै ऋण, सवारी साधन, कृषि तथा पशुधन नरहेको पनि उल्लेख गरेका छन्।

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार