गौर हत्याकाण्डको मुद्दामा कारण देखाउन सर्वोच्चको आदेश

काठमाडौं- सर्वोच्च अदालतले गौर हत्याकाण्डविरुद्धको मुद्दामा कारण देखाऊ आदेश जारी गरेको छ । न्यायाधीश तिलप्रसाद श्रेष्ठको एकल इजलासले विपक्षीका नाममा बुधबार कारण देखाऊ आदेश जारी गरेको हो ।

२०८० जेठ २१ गते त्रिभुवन शाहले जिल्ला प्रहरी कार्यालय रौतहट र जिल्ला सरकारी वकिलको कार्यालय गौरलाईसमेत विपक्षी बनाएर रिट दायर गरेका थिए ।

यसअघि यस मुद्दा तीनपटक हेर्न नभ्याइने, एकपटक बेन्च बस्न नभ्याइनेमा परेको थियो । तर बुधबार भने न्यायाधीश श्रेष्ठको इजलासले कारण देखाऊ आदेश दिएको हो ।

२०६४ चैत २७ गते तत्कालीन मधेसी जनाधिकार फोरम र नेकपा माओवादीका कार्यकर्ताबीच भएको झडपमा २७ जना माओवादी कार्यकर्ता मारिएका थिए ।

वर्तमान जनमत पार्टीका अध्यक्ष एवम् उपप्रधानमन्त्री उपेन्द्र यादवसमेत जोडिएको उक्त घटना ‘गौर हत्याकाण्ड’का रुपमा चर्चित छ ।

उक्त हत्याकाण्डमा उपप्रधानन्त्री यादवको संलग्नता रहेको आरोप लागेको छ । पछिल्लो समय आमजनता पार्टीका अध्यक्ष प्रभु साहले गौर हत्याकाण्डको मुद्दा सदनमा समेत उठाउँदै आएका छन् ।

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार

You cannot copy content of this page