प्रमुख कलाकारहरू फिचर्ड ‘पुजार सार्की’को नयाँ पोस्टर सार्वजनिक

 नेपाली चलचित्र ‘पुजार सार्की’को नयाँ पोस्टर सार्वजनिक गरिएको छ । यसअघि सार्वजनिक पोस्टरमा तीन सुपरस्टार अभिनेताहरू आर्यन सिग्देल, प्रदीप खड्का र पल शाहलाई मात्र फिचर्ड थिए । 

नयाँ पोस्टरमा अञ्जना बराइली र परीक्षा लिम्बूलाई पनि राखिएको छ । जेठ १० गते रिलिज हुने चलचित्रमा मोहन निरौला, लोकेन्द्र लेखक, सुवास गजुरेल, विद्या कार्की, तारा शर्मा, शंकर आचार्य, प्रेम सुब्बा, गोविन्द रमण पराजुली, राजेश बिसुराललगायतको पनि अभिनय रहेको छ । 

चलचित्रलाई दिनेश राउतले निर्देशन गरेका छन् । 

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार