कलेजस्तरीय फुटसल च्याम्पियनसिप एक्सन स्पोर्ट्समा प्रत्यक्ष हेर्न पाइने

अखिल नेपाल फुटबल संघको आयोजनामा बुधबारदेखि जेठ ९ सम्म हुने कलेजस्तरीय फुटसल च्याम्पियनसिप एक्सन स्पोर्ट्स एचडी वानमा प्रत्यक्ष हेर्न पाइने भएको छ । डिस मिडिया नेटवर्कले उक्त च्यानलबाट प्रतियोगिता प्रत्यक्ष देखाउने भएको हो ।

यससम्बन्धी सम्झौतामा प्याराडाइम ग्रुपबाट सिसन बानिया र डिश मिडिया नेटवकबाट बिजिनेस डेभलमेन्ट हेड भूपाल सिंह बस्नेतले हस्ताक्षर गरेका छन् । प्रतियोगितामा प्लस टु र ब्याचलर तहमा अध्ययनरत विद्यार्थी सम्मिलित कुल १६ वटा टिमको सहभागिता रहनेछ ।

सहभागी टिमलाई ४ समूहमा विभाजन गरी लिग कम नकआउट आधारमा खेलाइनेछ । प्रतियोगिताको सम्पूर्ण खेल लगनखेलस्थित नेपाली सेनाको शारीरिक प्रशिक्षण केन्द्रको कभर्डहलमा हुनेछ ।

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार