गायक निशान भट्टराई र ऋचा न्यौपानेबीच सम्बन्धविच्छेद

गायक निशान भट्टराई र मोडल ऋचा न्यौपानेबीच सम्बन्धविच्छेद भएको छ । चैत ७ गते काभ्रे जिल्ला अदालतका न्यायाधीश विश्वनाथ भट्टराईको एकल इजलासले सम्बन्ध विच्छेदको फैसला गरेको हो । ऋचाले डिभोर्सको मुद्दा दायर गरेकी थिइन् ।

अदालतको वेबसाइटमा उनीहरुबीच सम्बन्ध विच्छेदको मिलापत्र भएको उल्लेख छ । आपसी सहमतिमै उनीहरुले डिभोर्स गरेको जनाइएको छ । २०७७ सालमा यी दुईबीच कोर्ट म्यारिज भएको थियो ।

दुई वर्षको प्रेम सम्बन्धलाई उनीहरूले कानुनी विवाहमा परिणत गरेका थिए । नेपाल आइडलको पहिलो सिजनमा फस्ट रनरअप बनेयता निशान चर्चित छन् । लगत्तै उनले प्रेमिका ऋचालाई विवाह गरेका थिए । ऋचा मोडल हुन्। पछिल्लो समय दुवैले सामाजिक सञ्जालमा एकअर्कालाई अनफलो गर्नुका साथै एकअर्कासँगको तस्वीर पनि हटाएपछि सम्बन्धमा दरार आएको हल्ला थियो ।

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार