इलामबाट रास्वपाले घोषणा गर्‍यो मिलनको उम्मेदवारी

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले पार्टीको तर्फबाट आगामी वैशाख १५ गते हुने उपनिर्वाचनका उम्मेदवारको औपचारिक घोषणा गरेको छ।

पत्रकार समेत रहेका मिलन लिम्बूलाई इलाम–२ को औपचारिक उम्मेदवार घोषणा गरिएको हो। इलाम नगरपालिका–७ लाकुरी चौतारामा आयोजित कार्यक्रममार्फत उनको उम्मेदवारी घोषणा गरिएको हो।

उपप्रधान तथा गृहमन्त्री समेत रहेका पार्टी सभापति रवि लामिछानेसहितका शीर्ष नेताहरू पुगेर आयोजित कार्यक्रममा लिम्बूलाई उम्मेदवार घोषणा गरिएको हो।

घोषणा कार्यक्रममा सभापति लामिछानेलाई लिम्बूलाई चुनाव चिन्ह घण्टी हस्तान्तरण गरेका थिए। उनीहरू दुवैले सँगै घण्टी पनि बजाए।

लिम्बूको पक्षमा माहोल बनाउँदै पार्टी उपसभापति स्वर्णिम वाग्ले, युवा तथा खेलकुदमन्त्री विराजभक्त श्रेष्ठ, सांसद तोसिमा कार्की, सहमहामन्त्री कविन्द्र बुर्लाकोटी, केन्द्रीय सदस्य रमेश प्रसाईं लगायत इलाम पुगेका छन्।

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार

You cannot copy content of this page