सिटिजन्स बैंकद्वारा ६० कर्मचारीलाई ‘दीर्घ सेवा सम्मान’

सिटिजन्स बैंकले बैंकमा निरन्तर १० वर्ष र १५ वर्ष सेवा प्रवाह गरेका कर्मचारीहरूलाई दीर्घ सेवा सम्मानबाट सम्मानित गरेको छ । बैंकले कर्मचारीको दिन ‘इम्प्लोई डे’को रूपमा मनाउँदै आएको छ ।

बैंकले १७ वर्ष पूरा गरी १८औँ वर्षमा प्रवेश गर्न थालेको अवसरमा एक महिने वार्षिक उत्सवसम्बन्धी कार्यक्रम आयोजना गरिरहेको छ । वैशाख ७ गते बैंकको वार्षिक उत्सवको दिन हो ।

बैंकका प्रमुख कार्यकारी अधिकृत गणेश राज पोखरेलले बैंकमा १० वर्ष सेवा प्रवाह गरेका ४५ जनालाई १० ग्राम र १५ वर्ष सेवा प्रवाह गरेका १५ जनालाई १५ ग्राम स्वर्णपदक तथा प्रमाणपत्रसहित ‘दीर्घ सेवा सम्मानुबाट सम्मानित गरेका हुन् । बैंकमा हाल १७ सय ८० कर्मचारी कार्यरत छन् ।

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार