इलाम -२ को उपनिर्वाचनमा ४३ प्रतिशत मत खस्याे

इलाम- इलाम २ को उपनिर्वाचनमा ४३ प्रतिशत मत खसेको जिल्ला निर्वाचन कार्यलयले जनाएको छ । कार्यलयका अनुसार गत ०७९ को निर्वाचनमा यहाँ करिब ६० प्रतिशत मतदान भएको थियो । यो पटक ६५ प्रतिशत कट्ने आँकलन गरिएको छ ।

बिहान ७ बजे सुरु भएको मतदान अपराह्न ५ बजेसम्म जारी रहने निर्वाचन आयोगले जनाएको छ । इलाम-२ मा १२ राजनीतिक दल र सात स्वतन्त्र गरी १९ जना उम्मेदवार चुनावी मैदानमा रहेका छन् ।

२०७९ सालको प्रतिनिधिसभा सदस्यमा निर्वाचित एमाले सांसद सुवासचन्द्र नेम्वाङको गत भदौमा निधन भएपछि आज उपनिर्वाचन भएको हो ।

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार