सरकारको नीति तथा कार्यक्रम जेठ १ गते संसद्‌मा प्रस्तुत हुने

सरकारले आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम आगामी जेठ १ गते संसद्‌मा प्रस्तुत गर्ने भएको छ । आगामी जेठ १ गते दिउँसो ३ बजे संसद्‌‌मा नीति तथा कार्यक्रम प्रस्तुत हुने सरकारकी प्रवक्ता एवं सूचना तथा सञ्चार प्रविधिमन्त्री रेखा शर्माले जानकारी दिइन् ।

सरकारको नीति तथा कार्यक्रम संसदमा राष्ट्रपतिले पढेर सुनाउने व्यवस्था छ। राष्ट्रपति रामचन्द्र पौडेलको सल्लाहमा जेठ १ गते नीति तथा कार्यक्रम प्रस्तुत गर्ने कार्यक्रम तय भएको शर्माले बताइन्।

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार