सिटिजन्स बैंकका ग्राहकलाई काठमाडौंका विभिन्न संघ संस्थामा विशेष छुट

सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडले आफ्ना ग्राहकहरुलाई उत्कृष्ट सेवा सुविधाहरु दिने क्रममा विभिन्न संघ संस्थाहरु संग समन्वय गरी विशेष छुट दिने सम्बन्धमा सम्झौता गरेको छ । सम्झौता पश्चात सिटिजन्स बैंकका ग्राहकहरुले उक्त संस्थाहरुका सेवामा विभिन्न किसिमका छुट प्राप्त गर्न सक्नेछन ।

बैंकका ग्राहकहरुले नयाँ बानेश्वर, काठमाडौंमा अवस्थित दुई संस्था नवदर्मा स्किन एण्ड लेजर एस्थेटिक प्रा.लि. र समाज डेन्टल हस्पिटल प्रा.लि., बौद्ध, काठमाडौंमा अवस्थित उत्पला क्याफे र बसुन्धरामा अवस्थित चिरायू नेस्नल हस्पिटल एण्ड मेडिकल इन्टिच्यूटका सेवाहरुमा १० देखी २५ प्रतिशत सम्मको छुट प्राप्त गर्न सक्ने छन ।

बैंकले डिजिटल बैंकिङ्ग माध्यमहरुको प्रयोगलाई बढाउन र ग्राहकहरुलाई डिजिटल माध्यमबाट भुक्तानी गर्न प्रोत्साहन गर्न समय समयमा ग्राहकमैत्री सुविधाहरु सञ्चालनमा ल्याउँदै आएको छ । यस अघि पनि बंैकले स्वदेश तथा विदेशका विभिन्न संघ संस्था संग समन्वय गरि ग्राहकहरुलाई सेवा सुविधाहरु प्रदान गर्दै आएको छ जसमा बैंकका कार्डबाहक ग्राहकहरुले भारत गँुडगाँव स्थित मेदान्त– द मेडिसिटि अस्पताल र भारतमै अवस्थित अपोलो हस्पिटलस इन्टरप्राईजेज लिमिटेडमा विशेष छुट प्राप्त गर्दै आएका छन । डिजिटल कारोबार गर्दा पाइने छुट सम्बन्धी विस्तृत विवरणहरू सिटिजन्स बैंकको वेबसाइटमा प्राप्त गर्न सकिनेछ ।

सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडले देशैभरी रहेका आफ्ना १९० वटा शाखा, १५३ वटा ए.टि.एम. र ९८ वटा शाखा रहित बैंकिङ्ग ईकाईहरुबाट १७ लाख २४ हजार ग्राहकवर्गलाई आधुनिक बैंकिङ्ग सेवाहरु प्रदान गर्दै आएको छ । हाल ५५ जिल्लामा सेवा प्रदान गर्दै आएको सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडले यसै आर्थिक वर्ष थप ७ शाखाहरु विस्तार गरेर आगामी दिनमा देशको ६० वटा जिल्लामा सेवा प्रदान गर्नेछ ।

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार