आज मिति २०८१ साल बैशाख २३ गते, आइतबार, यस्तो छ तपाईको राशिफल

२०८१ बैशाख २३ गते आइतबार ५ मे २०२४। वैशाख कृष्णपक्ष द्वादशी तिथि, १५ः४१ बजेपछि त्रयोदशी। उत्तरभाद्रपदा नक्षत्र, १८ः२२ बजेपछि रेवती। चन्द्रराशि मीन।

मेष : समस्याप्रति गम्भीर नबन्दा अवसर गुम्न सक्छ। आफ्नै कमजोरीले इष्टमित्र टाढिन सक्छन्। अवसरको खोजीमा केही दौडधुप गर्नुपर्ला। फाइदाका पछि लाग्दा सम्बन्ध बिग्रन सक्छ। खर्च बढ्नुका साथै अर्थ अभाव महसुस हुनेछ। 

वृष : चिताएको कामले राम्रै लाभ दिलाउनेछ। साझेदारीमा पनि राम्रो फाइदा हुनेछ। आयआर्जनका स्रोत बढ्नेछन् भने व्यापारमा पनि बढी नै फाइदा हुने समय छ। आम्दानी बढढ्नेछ भने परिवारजनका आवश्यकता पूरा हुनेछन्। 

मिथुन : विभिन्न अवसर प्राप्त हुनुका साथै कीर्तिमानी काम गर्ने समय छ। व्यापारमा पनि प्रशस्त फाइदा हुनेछ। शुभचिन्तकहरूको सहयोग जुट्न सक्छ। अरूलाई प्रभावित पारेर काम बनाउने समय छ। आफ्नो क्षेत्रमा प्रभुत्व जमाउन सकिनेछ।

कर्कट : स्वास्थ्य कमजोर रहनाले काम सम्पादन गर्न नसकिएला। समयमा काम पूरा नहुनाले अवसर गुम्न सक्छ। जिम्मेवारी भने बढिरहनेछन्। बाध्यताले अप्ठ्यारोमा पार्न सक्छ। सहयोगको आशा देखाउनेहरूबाटै धोका पाइने सम्भावना छ। 

सिंह : उच्च महत्वकाङ्क्षा र विगतका गलत निर्णयले पनि काममा चुनौती र झमेला आउने देखिन्छ, तर आफन्त बाट साथ र सहयोग मिल्नेछ ।

कन्या : खुशी मिल्नेछ। रमाइलो ठाउँको यात्राले समयको सदुपयोग हुनेछ। व्यापारबाट लाभ प्राप्त होला। शिक्षामा प्रगति हुने योग छ। राजनीतिक र सामाजिक क्षेत्रमा रुचि बढ्नेछ।

तुला : आजको दिन लाभहानी, आयव्यय, सुखदुःख बराबरी खालको समय रहनेछ । सद्विचारले अभिप्रेरित हुनेहरूलाई बिस्तारै लाभ मिल्नेछ ।

वृश्चिक : शिक्षालाई आधार मानेर अगाडि बढ्नु राम्रो हुनेछ। बौद्धिक क्षेत्रमा गरेको लगानीले उत्साह बढाउने छ। स्वास्थ्यमा गढबढी देखिने भएकाले सचेत हुनु राम्रो हुन्छ। प्रेम सम्बन्ध सुमधुर बन्नेछ।

धनु : लगानी गर्ने दिन छ। लगानी गरेको ठाउँमा सफलता मिल्नेछ। शिक्षा, स्वास्थ्य र व्यापारमा लगानी गर्न आँट गर्नुपर्नेछ। राजनीतिक र सामाजिक क्षेत्रमा अगाडि नबढ्नु राम्रो हुनेछ। परिवारको प्रेम राम्रो बन्नेछ।

मकर : परिश्रम परे पनि समय निकै फलदायी रहनेछ। सहयोगीहरूले राम्रो साथ दिनेछन्। रोकिएका काम बन्ने र नयाँ काम सुरु गर्ने समय छ। उद्योग र व्यापारमा विशेष फाइदा हुनेछ। शत्रु र प्रतिस्पर्धीलाई सजिलै हराउन सकिनेछ।

कुम्भ : आफन्तबाट सहयोग प्राप्त हुनेछ। आर्थिक सहयोग प्राप्त नभए पनि आश्वासन निरन्तर पाइने छ। सामाजिक क्षेत्रमा सम्मान प्राप्त हुनेछ। शिक्षामा सामान्य उपलब्धि प्राप्त हुने देखिन्छ। ठुलो लगानी नगर्नु राम्रो हुनेछ। परिवारको साथ भने निरन्तर प्राप्त हुनेछ।

मीन : अरुको कुरा सुन्न मन नै लाग्दैन। बोल्दा एक पटक सोचेर बोल्नु राम्रो हुनेछ। शिक्षा र व्यापारमा जतिसुकै लगानी गरे पनि फाइदा नहुने जोखिम देखिन्छ। परिवारको साथ मिल्नेछ। प्रेम सम्बन्ध सुमधुर बन्नेछ।

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार