इलाममा मतदान केन्द्रभित्रै नक्कली मतदान

इलाम । इलाम–२ मा जारी उपनिर्वाचनमा नक्कली मतदान गराएको पाइएको छ । मतदान केन्द्रभित्रै एक्जिट पोलको नाममा नक्कली मतपत्र तयार गरी मतदान गराएको पाइएको हो ।

महेन्द्र रत्न बहुमुखी क्याम्पस इलामको मतदान केन्द्रभित्र नै मतदातालाई नक्कली मतपत्रमा छाप हाल्न लगाउने समूहको सामग्री प्रहरीले बरामद गरेको प्रहरीले जनाएको छ ।

क्याम्पसकै होस्टेलमा बसोबास गर्ने ४ जना महिला विद्यार्थीहरुलाई प्रतिव्यक्ति १५०० दिएर नक्कली मतपत्रमा छाप हाल्न लगाउने र नक्कली मतपेटिकामा सो कागज खसाल्न लगाउने गरेको पाइएको हो ।

प्रहरीका अनुसार यो समूहले यो काम २ घण्टासम्म सञ्चालन गरेको पाइएको छ । मतदान केन्द्रभित्रै २ घण्टासम्म सो कार्य गर्न कसले अनुमति दियो, कसले सेटअप गर्‍यो भन्ने विषयमा प्रशासन बेखबर थियो । मतदान गरेर फर्किंदै गरेकाहरुलाई मतदान केन्द्रभित्र टेबल सेटअप नै गरी सो समूहले पोल सञ्चालन गरेको थियो ।

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार